क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लबमा अनुबन्ध
एजेन्सी, १६ पुस । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्ध भएका छन्।
उनी वार्षिक १७७ मिलियन पाउण्डमा ३ वर्षका लागि उक्त क्लवमा अनुबन्ध भएका हुन् । याे रकम अहिलेसम्मकै कीर्तिमानी रकम हाे ।
३७ वर्षीय रोनाल्डोले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्नेछन्।
साउदी अल-नासर क्लबका अध्यक्ष मुस्ली अल मुअम्मरले स्पेनको राजधानी म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका हुन्।
अध्यक्ष मुअम्मरले रोनाल्डोलाई क्लबको ७ नम्बरको जर्सीसमेत हस्तान्तरण गरेका छन्।