आज आहा रारा गोल्डकपमा मनाङ र भुटनीज युथ भिड्दै

कास्की, १९ पुस । आहा रारा गोल्डकपकाे २२ औं संस्करणको खेल आज मनाङ मर्स्याङ्दी क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

आज मंगलबार चौंथो क्वाटरफाइनल अन्तर्गत मनाङ र भुटनीज टिम पोखरा रंगशालामा भिड्न लागेकाे हाे । दुई टोलीबीचको खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजक साहरा क्लब पोखराले जनाएको छ ।

हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।