राहदानी वितरण बन्द : सिस्टममा समस्या
काठमाडौं, १९ पुस । राहदानी विभागले राहदानी वितरण बन्द गरेको छ । विभागको सिस्टममा समस्या आएपछि राहदानी वितरणको काम बन्द भएको हो ।
विभागले समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने बताइएको छ ।
विभागले अर्को सूचना जारी नगर्दासम्म राहदानी लिन नआउन पनि आग्रह गरेको छ । तर राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बुक गरेको मितिमा बायोमेट्रिक भने संकलन हुने विभागले जनाएको छ ।