२२ औं आहारारा पोखरा गोल्डकपको उपाधि संकटा लाई

कास्की, २४ पुस । आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणको उपाधि संकटा क्लबले जितेकाे छ । शनिबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको फाइनल खेलमा संकटाले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै जित हासिलगरेकाे हाे ।

संकटाको जितमा सुरजज्यू ठकुरी, मेस्सुके ओलामाउ र सुनिल बलले गोल गरे । विदेशी टिम भुटनिज युथ स्पोर्टस क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गरे ।

२२ औं संस्करणको आहारारा पोखरा गोल्डकपको फाइनल खेलमा पहिलो अग्रता संकटाले लिएको थियो । संकटाका खेलाडी सुरजज्यू ठकुरीले खेलको ७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

मेसुके ओलामाउले खेलको ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए ।

खेलको ३७ औं मिनेटमा रेने स्यान्टिलनले भुटनिजका लागि गोल गर्दै अग्रतालाई १–० को अन्तरमा ल्याएका थिए ।

खेलको ४७ औं मिनेटमा भुटनिजका थोमस स्याकरको हेडर गोलसँगै पहिलो हाफमै खेल २–२ गोलको बराबरीमा फर्किएको थियो ।

३० मिनेट थपिएको अतिरिक्त समयको दोस्रो हाफमा संकटाका मेसुके ओलामाउ र हेक्टर ओर्टेगा एकआपसमा जुध्दा केहीबेर स्थिति तनावपूर्णसमेत बनेको थियो ।

थपिएको ३० मिनेटको समयको २६ औं मिनेटमा संकटामा हालै अनुबन्ध भएका कप्तान सुनिल बलले विपक्षीकाे पोस्टमा बल छिराउँदै जित सुनिश्चित गरेका हुन् ।

प्रतियोगिता विजेता संकटाले १२ लाख रुपैयाँ र उपविजेता भुटनिजले ६ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यसअघि संकटाले ०७७ को आहारारा गोल्डकपको उपाधि जितेको थियो । २ पटक फाइनल पुगेको संकटाले दुवै पटक विदेशी टिमको सामना गर्नुपरेको थियाे । ०७७ मा संकटाले अफ्रिकन रुट्सलाई ट्राइब्रेकरमा पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *