कालिञ्चोक दर्शनकाे आईपीओ माघ ३ गतेदेखि निष्काशन

काठमाडाैं, २४ पुस । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएकाे छ । कालिञ्चोकले माघ ३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने लागेकाे हाे ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशत बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ। त्यसैगरी, २ प्रतिशत कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा माघ ६ गते हुनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *