इजिप्टमा हुने मिस इकोमा सहभागी हुँदै रक्षा

काठमाडौं २७ पुस । मिस इको इन्टरनेशनल २०२३ मा नेपालको प्रतिनिधित्व गर्दै रक्षा उप्रेती सहभागी हुने भएकी छन् ।
इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा उप्रेतीलाई ग्रीन आर्ट मिडियाले ‘मिस इको इन्टरनेशनल नेपाल २०२३’ को ताजसहित पठाउन लागेको हो ।
बुधबार बत्तिस पुतली स्थित स्ट्याण्ड लन्च एण्ड बार बत्तीसपुतलीमा आयोजित एक कार्यक्रमका बीच ग्रीन आर्ट मिडियाले उप्रेतीलाई प्रतियोगीको रुपमा सार्वजनिक गरेको हो । उप्रेतीलाई पहिलो ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’ की विजेता रोनाली अमात्यले ताज लगाईदिएकी थिइन् ।
द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री, अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, लोकेश नेपालमा फाउन्डर गौतम धिमाल, मिडिया पर्सन कुबेर गिरी, ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौल लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो । गत बर्ष ‘मिस इको इन्टरनेशनल’ शोफिया भुजेलले नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
प्रतियोगीतामा टप २० मा पुग्न सफल उनी अहिले अमेरिकाको ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गदैछिन् ।
आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगीतामा ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहनेछ ।