नेपाल टी-ट्वान्टी क्रिकेट : विराटनगरलाई हराउँदै लुम्बिनीकाे पाेल्टामा उपाधी
काठमाडौं, २७ पुस । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार च्याम्पियन बनेको छ ।
बुधबार टियु क्रिकेट मैदानमा भएकाे खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि आफ्नाे पाेल्टामा पारेकाे हाे ।
लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन मात्र बनाए । अर्जुन साउदले विराटनगरका लागि ३४ रन बनाउँदा पृथु बास्कोटाले ३१ रन बनाए । हुसेन तलतले १३ रन बनाए ।
लुम्बिनीका लागि हरमित सिंह र सागर ढकालले समान दुई दुई विकेट लिए । विपुल शर्मा र किशोर महतोले समान एक एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा अलआउट भएर १ सय ३३ रन बनाएको थियो ।
लुम्बिनीका लागि लाहिरु मिलन्थाले २८ बलमा ४१ रन तथा हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० तथा इशान पाण्डेले १८ रन बनाए ।
विराटनगरका लागि रान नानन र नन्दन यादवले समान दुई दुई तथा हुसेन तलत,कियोन जोशेफ,सुर्य तामाङ र कप्तान रोहित पौडेलले समान एक एक विकेट लिए ।
उपाधिसँगै लुम्बिनीले ५५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता विराटनगरले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ ।
