१४ वर्षपछि स्ववियु चुनाव हुँदैः विद्यमान निर्वाचन प्रणालीबाटै गर्न विद्यार्थी संगठनहरु सकारात्मक

कविता घिमिरे
काठमाडौं, २८ पुुस । आजभन्दा करिव ५२ वर्ष अघि अर्थात् ०१७ सालमा तत्कालिन राजा महेन्द्रले राजनीतिक दलमाथि प्रतिवन्ध लगाएर राजनीतिक अधिकार खोसेका बेला पनि विश्वविद्यालय, कलेज र स्कूलका विद्यार्थीहरुले संगठितरुपमा आन्दोलन गरेका थिए । त्यस्तो कठिन अवस्थामा पनि विद्यार्थीहरुले राजनीतिक अधिकारको मागसहित आन्दोलन गर्ने कुरा चानचुने थिएन ।

त्यसपछि पनि राजनीतिक दलहरु पञ्चायतकाल भरी नै प्रतिबन्धित भए । तर, विद्यार्थी आन्दोलनको प्रवाह कहिल्यै रोकिएन । जब बहुदलीय व्यवस्था र त्यसपछि मुलकमा गणतन्त्र स्थापना भयो त्यसपछि भने विभिन्न वाहनामा विद्यार्थी आन्दोलनको मूल प्रवाह मानिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन रोकिदैँ आएको छ ।

अझ गज्जब त के–छ भने त्रिवि शैक्षिक क्यालेन्डरमा २–२ वर्षमा फागुन १४ मा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । तर, त्यो तालिका ०६५ चैत यता नियममित छैन । ०६५ सालसम्म त्रिविमा नियमित रूपमा स्ववियु निर्वाचन हुँदै आएको थियो त्यसपछि झण्डै ८ वर्षपछि अर्थात ०७३ चैतमा २६ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन भयो । २–२ वर्षमा हुनुपर्ने निर्वाचन त्यसपछि हुन सकिरहेको छैन ।

केही दिन अघि त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले कार्यकारी परिषद्मा चैत ५ गते स्ववियु निर्वाचनको प्रस्ताव गरेको छ । त्रिविको घोषणासँगै विद्यार्थी संगठनहरु पनि विस्तारै निर्वाचनको महोलमा होमिन थालेका छन् । त्रिविले हिउँदे बिदा‚ फागू पूर्णिमालगायत कारण देखाउँदै फागुनमा गर्नुपर्ने निर्वाचन मितिलाई चैतमा धकेलेको छ ।

केही दिन अघि त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले कार्यकारी परिषद्मा चैत ५ गते स्ववियु निर्वाचनको प्रस्ताव गरेको छ । त्रिविको घोषणासँगै विद्यार्थी संगठनहरु पनि विस्तारै निर्वाचनको महोलमा होमिन थालेका छन् । त्रिविले हिउँदे बिदा‚ फागू पूर्णिमालगायत कारण देखाउँदै फागुनमा गर्नुपर्ने निर्वाचन मितिलाई चैतमा धकेलेको छ

करीब १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन यो पटक तोकिएकै मितिमा हुन्छ भन्नेमा त्रिवि मात्रै होइन विद्यार्थी संगठनहरु पनि आशावादी छन् । अनेरास्ववियुका महासचिव समिक बडाल तोकिएको मितिमा निर्वाचन हुनेमा आफू पूर्ण आशावादी रहेको बताउनुहुन्छ । ‘लामो समयदेखि अनेरास्ववियुको महाधिवेशन नहुँदा तल्लो तहका कमिटीहरु अहिले चलायमान बनेका छैनन्,’ उहाँले भन्नुभयो, ‘हामी अखिल महाधिवेशनको तयारीमा छौँ । महाधिवेशन लगत्तै हामी चलायमान भनेका सबै कमिटीलाई स्ववियु निर्वाचनमा केन्द्रित गर्नुपर्छ भनेर लागेका छौँ ।’

बडालले निर्धारित मितिमा स्ववियु निर्वाचन हुनुपर्छ भन्ने बाहेक अरु कुनै विकल्पमा अनेरास्ववियु नरहेको भन्दै अहिले निर्वाचनको सम्मुखमा आएर प्रणालीका विषयमा बहस गर्ने, अरु विषयमा बहस गर्ने कुनै बिकल्प नरहेको बताउनुभयो । ‘निर्वाचनको सम्मुखमा आएर प्रणालीको कुरा गरेर अनेरास्ववियु निर्वाचन बिथोल्ने प्रक्रियामा छैन,’ उहाँले भन्नुभयो, ‘अहिले त्रिविले जुन प्रणाली अवलम्बन गरेको छ । त्यसैमा आधारित भएर निर्वाचन हुन्छ । हाम्रा पनि धेरै कुरामा असहमति छन् । तर, अहिले आएर ती विषयमा बहस गर्नुको औचित्य छैन । पहिला निर्वाचन सम्पन्न गर्ने हो । त्यसपछि प्रणाली र अरु विषयमा खुला छलफल गरौँला ।’

उहाँले लामो समयदेखि निर्वाचन नहुँदा विद्यार्थी आन्दोलनको मूल प्रवाह नै रोकिएको भन्दै उहाँले विद्यार्थी संगठनको जन्म नै स्ववियु निर्वाचनबाट भएको भन्दै यसलाई जीवन्त राख्नु सबै संगठनको दायित्व हुने बताउनुभयो । ‘स्ववियु निर्वाचन विद्यार्थी संगठनलाई जन्म दिने संस्था हो । त्यसैले यो संस्थाको हत्या गर्ने अधिकार हामी कसैलाई पनि छैन,’ उहाँले भन्नुभयो, ‘त्यसकारण निर्वाचन जसरी पनि हुन्छ र हामी समयमै निर्वाचनका लागि दबाब आन्दोलन गर्न पनि तयार छौँ ।’

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा पनि समयमै निर्वाचन हुनपर्छ भन्ने बाहेक अरु विकल्पमा नेविसंघ नरहेको बताउनुहुन्छ । स्ववियु निर्वाचन समयमा नहुँदा विश्वविद्यालयमा धेरै विकृतिहरु मौलाएको भन्दै उहाँले निर्वाचन अनिवार्य भएको बताउनुभयो । ‘हामीले स्वियु चुनावको घोषणापत्र समिति, प्रचार–प्रसार समिति गठन गरिसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘माघ महिनाभरी संगठन विस्तार अभियान सञ्चालन गरेका छौँ । फागुन महिनाभरी चुनाव प्रचार–प्रसारमा केन्द्रित हुन्छौँ र चैत ५ को निर्वाचन तयारीमा जुट्छौँ ।’

उहाँले अनुकुलता र प्रतिकुलता हेरेर निर्वाचन गर्ने–नगर्ने विषयका विरुद्धमा नेविसंघ रहेको भन्दै निर्वाचन भन्दा पनि संस्थाको प्रणालीलाई नियमित गर्ने र संस्था बलियो बनाउने कुरामा बढी ध्यान दिएको बताउनुभयो । ‘स्ववियु बचाउनका लागि हामी परिणामलाई भन्दा पनि संस्थालाई बलियो बनाउने कुरामा बढी केन्द्रित छौँ,’ उहाँले भन्नुभयो, ‘स्ववियु निर्वाचनपछि विश्वविद्यालयका पदाधिकारी, प्रशासन र विद्यार्थी संगठनविचको खाडल पुरिने छ । त्यसका लागि पनि निर्वाचन बाहेक विकल्प छैन ।’ उहाँले पनि बडालले जस्तै अहिले निर्वाचनका सम्मुखमा प्रणालीका बारेमा बहस गरेर निर्वाचन नहुने वातावरण बनाउने पक्षमा नेविसंघ नरहेको बताउनुभयो । उहाँले विश्वविद्यालयमा देखिएका अनियमिता र विकृतिका चाङ पनि निर्वाचनपछि हट्नेमा आशावादी रहेको बताउनुभयो । ‘पहिलो निर्वाचन त्यसपछि प्रणालीका बारेमा बहस,’ उहाँले भन्नुभयो ।

‘स्ववियु बचाउनका लागि हामी परिणामलाई भन्दा पनि संस्थालाई बलियो बनाउने कुरामा बढी केन्द्रित छौँ,’ उहाँले भन्नुभयो, ‘स्ववियु निर्वाचनपछि विश्वविद्यालयका पदाधिकारी, प्रशासन र विद्यार्थी संगठनविचको खाडल पुरिने छ । त्यसका लागि पनि निर्वाचन बाहेक विकल्प छैन ।’ उहाँले पनि बडालले जस्तै अहिले निर्वाचनका सम्मुखमा प्रणालीका बारेमा बहस गरेर निर्वाचन नहुने वातावरण बनाउने पक्षमा नेविसंघ नरहेको बताउनुभयो

अखिल क्रान्तिकारीका उपाध्यक्ष क्षितिज सापकोटा पनि अखिल क्रान्तिकारी निर्वाचनको माहोलमा होमिएको बताउनुहुन्छ । पार्टी अध्यक्ष, प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत स्ववियु निर्वाचन गर्नका लागि तयारीमा जुट्न आफूहरुलाई निर्देशन दिइसकेको बताउनुभयो । ‘अखिल क्रान्तिकारी अनिवार्यरुपमा स्ववियु निर्वाचन गर्नुपर्छ भन्नेमा छ,’ सापकोटाले भन्नुभयो, ‘हाम्रो प्राथमिकता त फागुन १४ मै हुनुपर्छ भन्ने हो । यद्यपि, त्रिविले चैत ५ गते भनेको छ । त्यो मितिमा अनिवार्य निर्वाचन हुनुपर्छ भन्नेमा हामी छौँ ।’

उहाँले स्ववियु एउटा संस्था भएको भन्दै केन्द्रीय राजनीतिमा आउनका लागि स्ववियु भर्याङ समेत भएको भन्दै त्यो भत्काउनु नहुनेमा जोड दिनुभयो । ‘स्ववियु सयौँ फूलहरु फुलाउने बगैँचा हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले यो बगैँचा मास्नु हुँदैन, जोगाउनुपर्छ । जोगाउनुपर्छ भनेको स्ववियु निर्वाचन गर्नुपर्छ भनेको हो ।’ उहाँले पनि अहिले विभिन्न बाहनामा निर्वाचन रोक्नु हुँदैन भन्दै अहिले प्रणाली भन्दा पनि निर्वाचनमा जुनसुकै मूल्य चुकाएर भए पनि गर्नुपर्नेमा जोड दिनुभयो । ‘प्रणालीका विषयमा पछि बहस गरौँला ।

पूर्ण समानुपातिक भन्ने साथीहरुको भावनालाई पनि कदर गर्दै अहिले पहिलाकै प्रणाली अनुसार निर्वाचन गरौँ । प्रणालीका विषयमा पछि बहस गरौँला भन्ने आग्रह गर्दछौँ,’ उहाँले भन्नुभयो, ‘अखिलको केही दिन अघि सम्पन्न पदाधिकारी बैठकमा पनि देशैभरीका संगठनलाई निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छौँ । हामी निर्वाचन हुनुपर्छ भन्ने बाहेक अरुमा छैनौँ ।’

नेकपा समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूकी महासचिव आरती लामा पनि आफूहरु निर्वाचनको विकल्पमा नरहेको बताउनुभयो । ‘हामीले केही दिन अघि सम्पन्न पदाधिकारी बैठकबाटै स्ववियु निर्वाचनमा केन्द्रित हुने निर्णय गरिसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘माघ ५ गते भित्र प्रदेश कमिटी बैठक सम्पन्न गर्ने, त्यसपछि जिल्ला कमिटी र अन्य कमिटीको पनि बैठक गरेर पूर्ण रुपमा निर्वाचन केन्द्रित हुने गरी अघि बढेका छौँ ।’

निर्वाचन जसरी पनि हुनुपर्छ भन्नेमा आफूहरु रहेको भन्दै उहाँले पूर्ण समानुपातिक निर्वाचनका पक्षमा रहेको पनि उहाँले जानकारी दिनुभयो । ‘पञ्चायतकालदेखि नै स्ववियु निर्वाचन नियमित हुँदै आएको थियो,’ उहाँले भन्नुभयो, ‘मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेपछि इतिहास बोकेको स्ववियु निर्वाचनलाई नियमित गर्न सकेका छैनौँ । हामीले आफ्नो अनुकुलता र प्रतिकुलता हेरेर निर्वाचन अनियमित गर्दै आएका छौँ । अब त्यो छुट छैन ।’ उहाँले समयमा निर्वाचन गराउन नसक्नु त्रिविको असक्षमता भएको पनि बताउनुभयो ।

नेविसंघका स्ववियु परिषद् केन्द्रीय अध्यक्ष निराजन नेपाल पनि समयमा निर्वाचन हुनेमा आफूहरु आशावादी रहेको बताउनुहुन्छ । यता त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्का प्रमुख पशुपति अधिकारी चैत ५ गते स्ववियु निर्वाचन गर्ने तयारीमा त्रिवि जुटिसकेको बताउनुहुन्छ ।

नेविसंघका स्ववियु परिषद् केन्द्रीय अध्यक्ष निराजन नेपाल पनि समयमा निर्वाचन हुनेमा आफूहरु आशावादी रहेको बताउनुहुन्छ । यता त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्का प्रमुख पशुपति अधिकारी चैत ५ गते स्ववियु निर्वाचन गर्ने तयारीमा त्रिवि जुटिसकेको बताउनुहुन्छ

स्ववियु नियमित नहुँदा विश्वविद्यालय सभादेखि क्याम्पसहरूका महत्त्वपूर्ण निकायमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेकोप्रति आफूहरु सजग रहेको भन्दै निर्धारित मितिमै निर्वाचन हुनेमा आशावादी रहेको बताउनुभयो । उहाँले करीब ३ महिनादेखि निर्वाचनको तयारी थालेको जानकारी दिनुभयो । उहाँले सबैसँग छलफल गरेर अघि बढेको भन्दै विद्यार्थी संगठनहरुले पनि निर्वाचन गर्नुपर्छ भनेर पटक–पटक आन्दोलन गरेको स्मरण गराउँदै यो पटक सबै विद्यार्थी संगठन निर्वाचनमा केन्द्रित हुनेमा आशावादी रहेको बताउनुभयो । उहाँले विद्यार्थी संगठनहरुलाई थप सचेत गराउने कुरामा सकारात्मक भूमिका खेल्न मिडियालाई आग्रह पनि गर्नुभयो ।

केन्द्रीय क्याम्पससहित ६२ आंगिक, १ हजार ४० सामुदायिक र निजी क्याम्पसहरु सबैमा सकेसम्म निर्वाचन गर्ने तयारीमा हामी जुटेका छौँ,’अधिकारीले भन्नुभयो, ‘२८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणाली अनुसार नै निर्वाचन गर्ने तयारी छ ।’

दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा पदाधिकारीसहित ११ जना, दुई सयभन्दा बढी एक हजारसम्म विद्यार्थी संख्या भएमा १५, एक हजारभन्दा बढी तीन हजारसम्म विद्यार्थी भएमा १९ र तीन हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा २१ जनाको स्ववियु कार्यसमिति हुने व्यवस्था छ ।