महानगरको डकैती र गुण्डागर्दी शैलीले द्वन्द्व बढायोः सुमन सायमी (अन्तर्वार्ता)
काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएको दिन राष्ट्रिय सभागृहबाट बालेन साहसहित एउटै गाडीमा बसेर सुमन सायमीले समर्थनसहितको हात हल्लाउँदै गरेको दृष्यलाई धेरैले कैद गर्दै आहा ! भनेका थिएँ । त्यो दिन सायमी आफैँलाई पनि आफूले निर्वाचन हारेकोमा भन्दा पनि परिवर्तन सफल भयो भन्नेमा बढी खुशी लागेको थियो । एउटा इन्जिनियर काठमाडौं महानगरपालिकाको मेयर जितेर आएपछि सुन्दर सहर बनाउलान भन्ने अपेक्षा सायमीमा थियो । उहाँले त्यहि सुन्दर सपना बोकेर बालेनकै शैलीमा हात हल्लाउँदै समर्थन पनि गर्नुभएको थियो ।
सायमी मात्रै होइन काठमाडौं महानगरका मतदाताले पनि त्यहि कल्पनामा रमाउँदै मत दिएर नयाँ व्यक्ति ल्याएका थिए । अहिले ती नै व्यक्तिको आलोकाँचो शैलीले धेरैलाई हैरानी भएको छ । नियम–कानुनका ठेलीहरुलाई कत्लेआम गर्दै एक प्रकारले भन्ने हो भने अराजक शैलीमा डोजर आतंक मच्याउन थालेपछि मेयर बालेनप्रतिको मोह ओरालो लाग्दै जान थालेको छ ।
सायमी मात्रै होइन काठमाडौं महानगरका मतदाताले पनि त्यहि कल्पनामा रमाउँदै मत दिएर नयाँ व्यक्ति ल्याएका थिए । अहिले ती नै व्यक्तिको आलोकाँचो शैलीले धेरैलाई हैरानी भएको छ । नियम–कानुनका ठेलीहरुलाई कत्लेआम गर्दै एक प्रकारले भन्ने हो भने अराजक शैलीमा डोजर आतंक मच्याउन थालेपछि मेयर बालेनप्रतिको मोह ओरालो लाग्दै जान थालेको छ
गत विहीवार काठमाडौं महानगरपालिका वडा नं. ३१ स्थित शंखमुलमा अनावश्यक रुपमा बाटो फराकिलो गर्ने नाममा स्थानीय सहेल महर्जन (अवाले) को निजी जग्गामा समेत बिना कुनै सूचना डोजर चलाउन पुगेपछि स्थानीय नागरिक आक्रोशित एवं आतंकित भएका छन् ।
महानगरपालिकाले टुकुचा खोला खोल्ने नाममा जय नेपाल हल पछाडिका स्थानीय जनताको घर कम्पाउण्ड भत्काउने कार्य गरेको घटना पनि महानगरवासीसँग ताजै छ । काठमाडौंको बांगेमुढा टोलमा रहेको सामुदायिक भवन (त्वाःछेँ) केही व्यक्तिको उजुरीको आधारमा डोजर लगाई भत्काएको घटनालाई पनि महानगरवासीले निहालीरहेका छन् ।
पछिल्लो सयम मेयर बालेनले टुँडिखेल नै मासेर अन्डरग्राउण्ड पार्किङको योजना अघि सारेपछि उहाँका समर्थक अभियन्ताहरुसमेत विरोधमा अघि आएका छन् ।
बिना कुनै तयारी काठमाडौंको थापाथलीस्थित सुकुम्बासी वस्ती हटाउने प्रयास गर्दा नगर प्रहरीमाथि ढुंगामुढा भएको घटना पनि ताजै छ । गएको दसैँताका काठमाडौंको भित्री शहरमा घरको अण्डरग्राउण्डमा खोलिएका पसलहरू जबर्जस्ती बन्द गराएको घटनालाई पनि महानगरवासीले विर्सिएका छैनन् । मेयर बालेका यस्ता गतिविधिले महानगरवासी आक्रोशित छन् ।
सायमी स्वयंको पनि प्रश्न छ । ‘ईन्जिनियरले त राम्रो बनाउनु पर्ने हो नि, होइन ? ध्वस्त गर्ने त होइन नि ? उहाँले त सुन्दर सहर बनाउने हामीले कल्पना गरेका थियोँ । तर, त्यस्को ठिक उल्टो अहिलेसम्म उहाँले विगारेको मात्रै देखियो । जसका कारण हरेक ठाउँमा द्वन्द्व भएको छ ।’ सायमीको गुनासो छ ।
पछिल्लो समय वडा ३१ को शंखमुलमा नीजि जग्गा कब्जा गर्न महानगरको टोली पुगेपछि अहिले सामयी मात्रै होइन महानगरबासी र रैथानेहरुमा पनि बालेन शैलीले झस्काई दिएको छ । उनीहरुले माघ १५ मा खवदारी कार्यक्रमको समेत आयोजना गरेका छन् । यी नै विषयमा केन्द्रित भएर उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका संयोजक सायमीसँग मैत्रीन्युजका लागि मोहन बास्तोलाले गरेको कुराकानीः
तपाईँहरुले माघ १५ गते माइतीघर मण्डलामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको ज्यादतीका विरुद्ध खवरदारी कार्यक्रमको आयोजना गर्नुभएको छ । यसको खास कारण के–हो ?
पछिल्लो समय काठमाठौं महानगरपालिकाले जुन ढंगले पूर्वाधार विना जुन खालको व्यवस्थापन गर्ने प्रयासहरु भैरहेका छन् । ती सबै गैरकानुनी रुपमा भैरहेका काम हुन् । ती कामलाई कानुनी प्रक्रियासहित अघि बढाउनुपर्छ र आगामी दिनमा पनि गैरकानुनी ढंगले अघि बढ्न पाइदैँन भनेर हामीले खवरदारी गर्न यो कार्यक्रमको आयोजना गर्न लागेका हौँ ।
भनेपछि पछिल्लो समय बालेन साहको ढोजर आतंक बढी भयो भन्ने तपाईँहरुको बुझाई हो ?
अहिले जहाँ–जहाँ डोजर चलिरहेको छ । ती कुनै पनि ठाउँमा कानुनी प्रक्रियागत ढंगले चलाएको देखिएको छैन । जसका कारण महानगरले जहाँ–जहाँ डोजर चलाउँदै आएको छ । त्यहाँ–त्यहाँ विवाद देखिदैँ आएको छ । डोजर चलाउने नाममा महानगरपालिले द्वन्द्वलाई बढोत्तरी गरिरहेको छ ।
वडा नम्बर ३१ मा पनि महानगरपालिकाले नीजि जग्गामा डोजर चलाउने प्रयास गर्यो भनेर तपाईहरुले आलोचना गर्नुभएको छ । खास के–हो ?
वडा नम्बर ३१ को शंखमुलमा केही दिन अघि महानगरपालिकाले नीजि जग्गामा डोजर चलाउने प्रयास गरेर अर्को द्वन्द्व निम्त्याउने काम गरेको छ । शंखमुलमा तिरोतिरान गरेको, लालपूर्जा भएको नम्बरी जग्गामा केही दिन अघि महानगरपालिकाले एकतर्फी रुपमा १३ फिट बाटो चाहियो भनेर आधार–प्रमाण विना नै डोजर चलाएर अराजकता निम्त्याउने थप काम गरेको छ ।
त्यहाँ डोजर चलाउँदा केही सूचना त महानगरपालिकाले दिएको थियो होला नि ?
होइन, विना सूचना, विना पुर्जी अझ महानगरपालिकाले गरेको निर्णयको कपि समेत नदिइ डकैती र गुणागर्दी शैलीमा आएर नीजि जग्गा कब्जा गर्ने कानुन विपरित काममा महानगरपालिका उक्सिए आयो । यी र यस्ता कामको हामीले विरोध गरेका हौँ । अझ नीजि जग्गा कब्जा गर्न आएको डोजर नम्बर प्लेट विनाको थियो । त्यो झन गुण्डागर्दी र अराजक शैलीको चरम नमुना हो । डोजरमा नम्बर प्लेट हुनुपर्छ नि ? त्यहाँ दुर्घटना भयो भने कुन डोजर चलाउँदा भएको भनेर प्रमाण कहाँ खोज्ने ?
भनेपछि महानगरपालिकाको गुण्डागर्दी र अराजक शैली त्यहाँ शंखमुलमा पनि देखियो भन्ने तपाईँहरुको भनाई हो ?
हो, अघिल्लो साँझ भोलि पृथ्वी जयन्तीका दिन नगर प्रहरीले ‘तपाईँहरुको घर भोलि पृथ्वी जयन्तीका दिन भत्किन्छ’ भनेर मौखिक जवाफ दिएर गएको रहेछ । त्यहाँ लिखित जवाफ पनि केही छैन । के आधारमा भत्काउने भन्ने पनि केही जवाफ छैन ।
महानगरपालिकाको दायित्व भनेको विवादित कुरा छन् भने पहिला बसेर मिलाउने प्रयास गर्ने हो । द्वन्द्व हुने रहेछ भने त्यसलाई सकेसम्म मिलाउने काम जनप्रतिनिधिको हो । तर, द्वन्द्व निम्त्याउने काम जनप्रतिनिधिको होइन । विवादित कुरा नै रहेछ, मिल्दै नमिल्ने अवस्था रहेछ भने आफ्नो पालिकाको न्यायिक समितिमा जानुपर्छ । त्यहाँबाट न्याय दिने प्रयास गर्नुपर्छ । त्यहाँ मिलाउने प्रयास गर्नुपर्छ । नितान्त न्यायिक समितिले गर्नुपर्ने कामलाई बेवास्ता गरेर एकैचोटी डोजर चलाउने कुरा प्रक्रिया मिचेर गरिएको काम हो । शंखमुलकै कुरा गर्ने हो भने पृथ्वी जयन्तीको दिन अर्थात विदाका दिनमा नीजि जग्गामा पुगेर डोजर आतंक मच्याउने काम भयो । यो नितान्त गैरकानुनी र अराजक शैलीको नमूना हो ।
महानगरपालिकाको दायित्व भनेको विवादित कुरा छन् भने पहिला बसेर मिलाउने प्रयास गर्ने हो । द्वन्द्व हुने रहेछ भने त्यसलाई सकेसम्म मिलाउने काम जनप्रतिनिधिको हो । तर, द्वन्द्व निम्त्याउने काम जनप्रतिनिधिको होइन
कतिपय ठाउँमा जीएलडी (गाइडेड लाइन डेभलपमेण्ट) को हवला दिएर डोजर चलाएको पनि पाइएको छ । त्यो महानगरपालिकाको क्षेत्राधिकार बाहिरको कुरा हो । ०४५ सालमा विकासको अवधारणामा आएको जीएलडीको समयावधि २ वर्ष मात्रै थियो । त्यो २ वर्षमा खारेजी भैसकेको छ ।
अर्को कुरा भनेको सरकारले चाहेको अवस्थामा सबै कुराको मापदण्ड बनाएर नीजि जग्गालाई लिन सक्छ । तर, त्यसरी लिदाँ पनि २०३४ को जग्गाप्राति मापदण्ड ऐन र अन्य ऐन कानुन अनुसार मात्रै लिन सक्छ । संविधानको धारा २५ र ३७ ले आवास र सम्पत्तिको हक नागरिकलाई दिएको छ । त्यो समेत हनन् गर्ने काम महानगरपालिकाबाट भएको छ ।
भनेपछि संविधानले दिएको अधिकार समेत महानगरपालिकाले मिचेर नागरिकमाथि ज्यादती बढायो होइन त ?
महानगरपालिकाको गतिविधिले त्यहि देखायो । तिरो तिरेर, लालपूर्जा बोकेर बसेको नागरिकमाथि गरिएको यो ज्यादती बाहेक के–हुन्छ ? राज्यलाई तिरो तिरेर बसेको अवस्थामा राज्यले मुआब्जा र क्षतिपुर्ति दिनुपर्ने व्यवस्थाको समेत त्यहाँ कत्लेआम गरिएको छ । न त्यहाँ सहमतिको प्रयास गरिएको छ । न त त्यहाँ कुनै मुआब्जा र क्षतिपुर्तिको कुरा भएको छ । यसरी गर्दा त जनतालाई अन्याय भयो । यो काम गैरन्यायिक भयो नि होइन ? राज्यमा कानुन विरोधी काम गर्ने कसैलाई पनि छुट छैन । राज्य नै कानुन पालना गर्दैन भने जनताले मात्रै किन कानुनको पालना गर्ने ?
भनेपछि महानगरपालिका कानुन मान्ने भन्दा पनि ज्यादतीमा बढी हौसियो होइन त ?
महानगरपालिकाले खोला छेउ मिचेर बसिरहेकाहरु, अतिक्रमण गरेर ठूला–ठूला भवन बनाएका बाटो बनाएर दुरुपयोग गरेकाहरुलाई केही गर्न सकेको छैन । लिकंन स्कुल त्यसको एउटा उदाहरण हो । जहाँ १३ आना जग्गा मिचेर पर्खाल लगाउने काम भएको थियो । त्यहाँ स्थानीयले रोके । त्यो काममा महानगरपालिका बेखवर छ । रविशंसेरका पालामा त्यहाँ ढोका थियो । त्यो ढोका नै बन्द गरेर अमेरिकन स्कूल र नाथमले कब्जा गरेका छन् । अहिले भर्खरै नयाँ हालसाली गरेर लिकंन स्कूलले कब्जा गर्ने प्रयास गरेको छ, हामीले त्यो रोक्यौ । भोलिका दिनमा भूकम्प आउन सक्छ । त्यसका लागि पनि हामीलाई खुला ठाउँ चाहिन्छ । रिचार्जका लागि पनि खुला ठाउँ चाहिन्छ । हामी अहिले पनि खुला ठाउँको हुनुपर्छ भनेर लागि रहेका छौँ ।
तपाईँहरु खुला ठाउँ चाहिन्छ भन्नुहुन्छ । महानगरपालिका टुँडिखेलमै पार्किङ बनाउने भनेर लागिरहेको छ । भनेपछि त तपाईँहरुको र महानगरको सोचाइ नै फरक भयो नि होइन ?
भौतिक संरचना मात्रै विकास होइन, त्यसको व्यवस्थापन ठूलो कुरा हो । जाम भयो भन्ने नाममा नीजि सम्पत्तिमाथि डोजर लगाउने कुरा कसरी न्यायपूर्ण हुनसक्छ ।परापूर्वकालदेखि नै शिक्षा, स्वास्थ्यका नाममा अधिग्रहन गर्ने काम भैरहेको छ । त्यसरी अधिग्रहण गरेका ठाउँलाई लिजमा दिएर पैसा कमाउने काम भैरहेको छ । उदाहरणका लगि हामीले वल्र्डट्रेड सेन्टरलाई लिन सक्छौँ । त्यो शिक्षाका लागि दिएको हो । तर, त्यहाँ व्यापारिक कम्प्लेक्स बनाइएको छ । आर्मी अस्पतालकै कुरा गर्नुहुन्छ भने त्यहाँ अस्पताललाई कम्प्लेक्स बनाइएको छ । हामीले केटाकेटीदेखि खेल्दै आएको टुँडिखेल अहिले मासिदैँ गएको छ । कुनै बेला त्यो एशियाकै सबै भन्दा ठूलो खुला ठाउँको परिचय बनाएको ठाउँ थियो । अहिले कब्जा गर्दा–गर्दा आम नागरिकले खेल्ने ठाउँ पनि छैन ।
आर्मी अस्पतालकै कुरा गर्नुहुन्छ भने त्यहाँ अस्पताललाई कम्प्लेक्स बनाइएको छ । हामीले केटाकेटीदेखि खेल्दै आएको टुँडिखेल अहिले मासिदैँ गएको छ । कुनै बेला त्यो एशियाकै सबै भन्दा ठूलो खुला ठाउँको परिचय बनाएको ठाउँ थियो । अहिले कब्जा गर्दा–गर्दा आम नागरिकले खेल्ने ठाउँ पनि छैन
हाम्रा पूर्खाहरुले वातावरण सन्तुलन कायम गर्न त्यो खुला ठाउँ बनाएका हुन् । त्यसमा पनि धेरै बैज्ञानिक कारणहरु छन् । अहिले त्यहाँ पनि पार्किङ बनाउने नाममा मास्ने प्रयास भैरहेको छ । म यस्तै गलत प्रयासहरुको विरुद्धमा १० वर्षदेखि लड्दै आएको छु । जीन्दगीभर कमाएको पैसाले जग्गा किनेको हुन्छ, घर बनाएको हुन्छ । त्यसको पीडा खपिनसक्नु हुन्छ । त्यसलाई रोक्न म निरन्तर लाग्दै आएको छु । त्यसैले अहिले महानगरले गरेको ज्यादतीविरुद्ध पनि म निरन्तर लागेको छु, लाग्ने छु ।
मेयर बालेन साहप्रति धेरैले अपेक्षा गरेका थिए । यो अपेक्षा पनि विस्तारै कमजोर बन्दै गएको हो ?
एउटा ईन्जिनियर काठमाडौं महानगरपालिकाको मेयर जितेर आएपछि सुन्दर सहर बनाउला भन्ने अपेक्षा मसहित धेरैले गरेका थियौँ । जनताले पनि त्यहि कल्पनामा रमाउँदै मत दिएर नयाँ व्यक्ति ल्याएका थिए । यस्तो ईन्जिनियरले त राम्रो बनाउनु पर्ने हो नि, होइन ? ध्वस्त गर्ने त होइन नि ? उहाँले त सुन्दर सहर बनाउने होइन अहिलेसम्म विगारेको मात्रै देखियो । रहेक ठाउँमा द्वन्द्व भएको पनि त्यहि कारणले हो ।
विकास गर्ने भनेको त जनताका लागि हो नि ? जनता नै उठिबास हुने, अन्यायमा पर्ने भयो भने त्यो विकास होइन विनास हो । अहिले काठमाडौं महानगरपालिकाको ज्यादती देख्दा लाग्छ । ईन्जिनियर जस्तो काठमाडौं महानगरपालिकाका प्रमुखले उपत्यकाको अध्ययन पनि राम्रोसँग गर्न सकेका छैनन् कि भन्ने लागेको छ ।
उहाँलाई मेरो सुझाव छ । सबै भन्दा पहिला अध्ययन गरेर सडक चाहिने ठाउँ कहाँ–कहाँ छ ? खुला ठाउँ कहाँ–कहाँ ? कहाँ–कहाँ छाड्नुपर्छ ? विकल्पहरु कहाँ–कहाँ छ ? विकास गर्ने हो भने सबै भन्दा पहिला जनतालाई व्यवस्थित गर्नुपर्छ । राज्यले दिएको, संविधानले दिएको अधिकारको त जनताले उपयोग गर्न पाउनुपर्छ नि होइन ? यी सबै कुरामा ध्यान नदिई यसरी आतंक मच्याएर समाधान हुँदैन ।
भनेपछि मेयर बालेन साहले आफ्ना गतिविधिमा सुधार ल्याउनुको विकल्प छैन, होइन त ?
सुधार गर्नुको विकल्प छैन । उहाँ मेयर निर्वाचित भएको ८ महिना बढी भैसक्यो । तर, उहाँले काम गर्ने शैली सकारात्मक देखिएन । उहाँले जति पनि काम गर्नुभएको छ । विकल्प विना, पूर्वाधार विना र अध्ययन विना बनाउने योजना दीर्घकालिन हुँदैनन् । त्यसले थप समस्या सिर्जना गर्छ, अहिले भएको त्यहि हो । पार्किङ हटाउँदा सुन्दर सहर बन्छ । यो कुरा म मान्छु ।
तर, त्यसलाई व्यवस्थापन गर्न पूर्वाधार त पहिला बनाउनु पर्ला नि ? त्यसो नगरी हटाउने कुरा वैज्ञानिक होइन । पार्किङ हटाउने हो भने पहिला पार्किङ भवन बनाउनु पर्ला नि, होइन ? त्यसो नगर्ने अनि खुलामञ्चमा पार्किङक बनाउँछु भन्दै सांस्कृतिक र ऐतिहासिक सम्पदामा आँखा लगाउने कुरा बेठिक छ । यस्तो योजनाले त विनाश बाहेक केही ल्याउँदैन । त्यसका लागि पहिला पूर्वाधार चाहियो । त्यसका लागि अध्ययन चाहियो ।
त्यसलाई व्यवस्थापन गर्न पूर्वाधार त पहिला बनाउनु पर्ला नि ? त्यसो नगरी हटाउने कुरा वैज्ञानिक होइन । पार्किङ हटाउने हो भने पहिला पार्किङ भवन बनाउनु पर्ला नि, होइन ? त्यसो नगर्ने अनि खुलामञ्चमा पार्किङक बनाउँछु भन्दै सांस्कृतिक र ऐतिहासिक सम्पदामा आँखा लगाउने कुरा बेठिक छ
उहाँले फुटपाथ हटाउने भन्नुभयो । त्यो सकारात्मक छ । तर, हटाउने भनेर त्यहाँ ३० औँ वर्षदेखि जीवनयापन गरिरहेकाहरुलाई ३० दिनमा हटाउने भन्ने कुरा अपरिपक्क निर्णय हो ।
मेयर बालेनले चुनावका बेला फुटपाथलाई व्यवस्थापन गर्ने भन्नुभएको थियो । अहिले विस्थापन गर्ने प्रयास गर्नुभएको छ । त्यसरी हठात उठिवास लगाउने कुरा त सकारात्मक नहोला नि ?
व्यवस्थापन नगरी उठिवास लगाउने कुरा गलत छ । विकल्प दिन सकिन्छ । पूर्वाधार बनाउन सकिन्छ । तर, त्यसरी उठिवास लगाउने कुरा गलत हो । म मेयर भएको भए फुटपाथका लागि समय दिन्थे । उनीहरुलाई ल यति समयमा व्यवस्थापन गर्नु है भन्थेँ । ल कम्तीमा ६ महिनाको समय दिने हो भने । त्यति भित्रमा त उनीहरुले केही व्यवस्थापन गर्न सक्थे नि ? आजको भोलि नै व्यवस्थापन गर भन्ने अनि उठिवास लगाउने कुरा गलत हो ।
यस्ता कुराको सचेत गराउने दायित्व जनताको हो । हामीले यहि सचेत गराउनका लागि माइतीघरमा खवरदारी सभा गर्न लागेका हौँ । नागरिकले सचेत गराएपछि उहाँहरु सुध्रिनुहोस् भन्ने हाम्रो आशा हो ।
तपाईँ सन्तोषजनक मतसहित काठमाडौंको मेयरमा पराजित व्यक्ति हो । मेयरमा बालेन निर्वाचित हुँदा तपाईँले एउटै गाडीमा चढेर समर्थन पनि गर्नुभयो । उहाँ अहिले मेयर निर्वाचित भएको ८ महिना बढी भएको छ । मेयर बालेनलाई तपाईँले कसरी मूल्याङ्कन गर्नुभएको छ ?
मैले त्यो समयमा हामी दुबै जना स्वतन्त्रबाट उठेका थियौँ । मैले परिवर्तन खोजेको थिएँ । परिवर्तन आयो भनेर म खुशी भएको थिएँ । म त्यहाँ बधाई दिन गएको थिएँ । तर, त्यहाँको जनचाहना यो काठमाडौंका लागि मेयर र सुमन सायमी लिएर गयो भने राम्रो हुन्छ भन्ने थियो ।
अर्को कुरा उहाँहरुले मलाई सम्मान गर्नुभएको छ भने मैले अपमान गर्न पनि भएन । त्यसो गर्नुहुँदैन भन्ने संस्कार राख्ने व्यक्ति पनि हुँ । त्यहि कारण उहाँहरुले जानुपर्छ भनेपछि म गएको हुँ । मैले त्यतिबेला पनि राम्रो कामलाई समर्थन गर्छु भनेको थिएँ । उहाँले गलत काम गर्नुभयो । त्यसको आवाज पनि मैले नै उठाएको हुँ । साथ दिने काम मैले गरेको थिएँ । गलत गरेपछि सचेत गराउने काम पनि मैले नै गरेको छु ।
मैले त्यो समयमा हामी दुबै जना स्वतन्त्रबाट उठेका थियौँ । मैले परिवर्तन खोजेको थिएँ । परिवर्तन आयो भनेर म खुशी भएको थिएँ । म त्यहाँ बधाई दिन गएको थिएँ । तर, त्यहाँको जनचाहना यो काठमाडौंका लागि मेयर र सुमन सायमी लिएर गयो भने राम्रो हुन्छ भन्ने थियो
मैले त्यो समयमा हामी दुबै जना स्वतन्त्रबाट उठेका थियौँ । मैले परिवर्तन खोजेको थिएँ । परिवर्तन आयो भनेर म खुशी भएको थिएँ । म त्यहाँ बधाई दिन गएको थिएँ । तर, त्यहाँको जनचाहना यो काठमाडौंका लागि मेयर र सुमन सायमी लिएर गयो भने राम्रो हुन्छ भन्ने थियो
अन्यायमा परेकाहरुलाई साथ दिनु मेरो संस्कार हो, मेरो दायित्व हो । शंखमुलको घटनामा पनि उहाँहरुले म अन्यायमा परेँ भनेपछि सहयोग गर्न गएको हुँ । यसरी अन्यायमा परेका हरेकका लागि म सहयोग गर्न तयार छु । मेरो सन्देश यहि हो ।
तपाईँ त्यहाँ पुग्नुभयो । स्थलगत रुपमा हेर्दा पनि तपाईँले उहाँहरु अन्यायमा परेको देख्नुभयो होइन त ?
हो, त्यहाँ करीब पाँच घण्टा वादविवाद भयो । यो गलत भयो भनेर मैले मेयरजीलाई पनि टेलिफोन गरेँ । उहाँको स्वकीय सचिवलाई टेलिफोन गरेँ । उहाँहरुले चाहेको भए रोक्न सक्नुहुन्थ्यो । मैल उहाँलाई एक दिन रोक्नुहोस् । म छलफल गर्न तपाईँ कहाँ आउँछु । गलत रहेछ भने त्यहि अनुसार, ठिक भए त्यहि अनुसार अघि बढौँ भनेर भनेँ । तर, उहाँले उल्टै पुलिस बल थपेर आतंक मच्याउनु भयो । त्यो समाधानको पाटो हुँदै होइन ।
अहिले काठमाडौंका मेयर काण्ड नै काण्डमा फस्नु भएको छ । उहाँको आठ महिने कार्यकाललाई तपाईँले मूल्याङ्कन गर्दा कति नम्बर दिनुहुन्छ ?
उहाँलाई ठ्याक्कै यति नै नम्बर भन्दा पनि उहाँ क्रमबद्ध रुपमा अघि बढ्नु पर्ने ठाउँमा उहाँ एकै पटक माथि जान खोज्नुभयो । उहाँको सबै भन्दा ठूलो असफलता नै यहि हो । ठूलो समस्या नै त्यहि हो । अझै चार वर्ष बढी कार्यकाल छ । अहिले पनि उहाँले अध्ययन गरेर, योजना बनाएर अघि बढ्ने हो भने सफल हुने ठाउँ छ । केही गर्छु भनेर आएको व्यक्ति हो । यति हो माथि उक्लिन सिँढी चाहिन्छ ।
उहाँले सिँढी नै बनाउन सक्नु भएन । उहाँले तल्लो तहको यथार्थ पनि बुझ्न जरुरी छ । त्यो नभएकाले उहाँ असफलता तर्फ उन्मुख हुनुभएको छ । यसरी स्टेप नै नबनाई माथि चढ्ने हो भने तल ओर्लिने बाटो पनि हुुँदैन । यो कुराको ख्याल उहाँमा होस् भन्ने सुझाव छ । उहाँको सुध्रिने ठाउँ पनि छ, समय पनि छ, उमेर पनि छ । त्यसका लागि सुध्रिन जरुरी छ । सबैसँग सहकार्य नगरेर एक्लै अघि बढ्छु भन्ने हो भने त्यो असफलताको बाटो हो । त्यसले काठमाडौं बन्दैन ।
यसरी स्टेप नै नबनाई माथि चढ्ने हो भने तल ओर्लिने बाटो पनि हुुँदैन । यो कुराको ख्याल उहाँमा होस् भन्ने सुझाव छ । उहाँको सुध्रिने ठाउँ पनि छ, समय पनि छ, उमेर पनि छ । त्यसका लागि सुध्रिन जरुरी छ
काठमाडौं महानगरपालिकाले वडा ३१ को घटनामा महानगरप्रहरीसँगै पुलिस प्रशासन पनि प्रयोग गरेर नीजि जग्गामा डोजर चलाउने प्रयास गर्यो भन्ने छ नि ?
पहिला त हामीले नै १०० मा टेलिफोन गरेर प्रहरी प्रशासनलाई यहाँ हामी अन्यायमा पर्यौ । हाम्रो जग्गा लट्न आएका छन् । हाम्रो जीउ–धनको सुरक्षा दिनु पर्यो भनेर बोलाइएको छ । उल्टै हामीलाई प्रक्राउ गरेर थुन्ने काम भयो । उहाँहरुले समेत त्यहाँको जग्गाधनीलाई विना पक्राउ पुर्जी समातेर थुन्नुभयो र गलत काम गर्नुभयो । हामीले त्यहाँ केही मागेका थिएनौँ । मात्रै हामीलाई प्रमाण देउ भनेका थियौँ । मलाई समेत त्यहाँ लछारपछार गर्ने काम भयो । यो ज्यादती हो ।