अमेरिकी राष्ट्रपति जो बाइडेन निवासमा छापा, न्याय विभागद्वारा गोप्य दस्ताबेज जफत

काठमाडौं, ८ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निवासमा अमेरिकी न्याय विभागले छापा मारेको छ ।

अमेरिकी अधिकारीहरूले डेलावेरको वेलमिङटनस्थित बाइडेनको घरमा छापा मारेर थप छ गोप्य दस्ताबेज जफत गरेका हुन् ।

कतारी विश्व च्यानल अलजजिराका अनुसार गोप्य दस्ताबेज जफत भएको बाइडेनका वकिल बोब बाउरले पुष्टि गरेका छन् ।

डेलावेर क्षेत्रबाट बाइडेन सन १९७३ देखि २००९ सम्म सेनिटर भएका थिए। उक्त घरबाट ओबामा कालमा उपराष्ट्रपति हुँदाका २००९ देखि २०१७ सम्मका गोप्य दस्ताबेज पनि भेटिएको बताइएको छ।

शुक्रवार अमेरिकी न्याय विभागका अधिकारीहरूले १३ घण्टा खानतलासी गरेर गोप्य दस्ताबेज जफत गरेकाे जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *