क्यानको बोर्ड बैठक बस्दै, १७ वटा एजेन्डामा छलफल हुने

काठमाडौं १७ माघ । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक मंगलबार पोखरामा बस्दैछ ।

क्यानका ७ कार्यसमिति सदस्यले राजीनामा मागेको दुई दिनपछि क्यानको बोर्ड बैठक बस्न लागेको हो ।

क्यानको बोर्ड बैठकमा १७ वटा एजेन्डामा छलफल हुनेछ । जसमध्ये मुख्य एजेन्डा नेपाल टी-ट्वान्टी लिग प्रतियोगिता सम्बन्धि रहेको छ ।

त्यस्तै पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषयमा छलफल हुनेछ । त्यस्तै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गठन गरेको कार्यदलको रिपोर्ट र राखेपको निर्देशनबारे छलफल हुनेछ ।