एमाले अध्यक्ष ओली र नेपालका लागि बेलायकी राजदूत काथ्रिनबिच भेट, के–के भयो कुराकानी
काठमाडौं, १८ माघ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बेलायकी राजदूत निकोला काथ्रिन पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा ब्रिटिश उपनिवेशबाट भारत स्वतन्त्र भएपछि ब्रिटेन, भारत र नेपालबीच भएको सन्धिको पुनरवलोकनका लागि गर्न सकिने प्रयासलगायतका विषयमा छलफल भएको छ ।
भेटमा सहभागी एमाले परराष्ट्र मामिला विभाग सचिव डाक्टर अञ्जान शाक्यका अनुसार उहाँहरुबिच २०७ वर्षदेखि दुई देशसँग रहँदै आएको सम्बन्धलाई अझै समधुर बनाएर अघि बढ्ने विषयमा पनि छलफल भएको थियो । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा पनि केन्द्रित भएर छलफल भएको थियो । एमाले सरकारको नेतृत्व गरिरहेको गठबन्धनको एक प्रमुख दल भएको भन्दै भेटमा राजदूत काथ्रिनले नयाँ कुराहरु छिटोछिटो परिवर्तन हुने भएकाले प्राथमिकता के–के छन् त्यसलाई हेरेर सरकारको पार्टीको प्राथमिकताका आधारमा सहयोग आदन–प्रदानलाई अघि बढाउन सकिने बताउनुभयो ।
भेटमा ओलीले निनर्वाचनमा एक्लो लडेर पनि यत्रो सिट जित्त सफल भएको भन्दै गठबन्धनलाई राजनीतिक स्थायित्व र सुशानलाई ध्यानमा राखेर अघि बढाउने जानकारी गराउनु भएको थियो ।
उहाँले न्युनतम साझा कार्यक्रममा पनि स्थायित्व, सुशान र आर्थिक विकासलाई प्राथमिकतामा राखेको उहाँले बताउनु भएको थियो । राजदूतले उद्योग स्थापन, सडक र पूर्वाधारको विस्तार, विद्यूतलगायतका क्षेत्रमा सहयोग गर्न आफूहरु तयार रहेको बतउनु भएको थियो ।
भेटमा रोजगारीको अजवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नुपर्ने जस्ता कुरामा पनि सकारात्मक छलफल भएको थियो । आर्थिक सामाजिक क्षेत्रमा सुधारका लागि आफूहरुले यस अघि गरेको जस्तै सहयोग गर्न तयार रहेको पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।