सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाकाे पहिलो सुनवाइ हुँदै

काठमाडाैं, २० माघ । बलात्कारकाे अभियोग लागेका पूर्वकप्तान सन्दीप लामिछाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाकाे पहिलो सुनवाइ आज शुक्रबार हुँदैछ।

एक नाबालिका बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदरगर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो। साेहि निवेदनउपर आज शुक्रबार पहिलो सुनुवाइ हुने भएको हो।

उच्च अदालतको आदेशपछी रिहा भएका सन्दीपलाई पुनःनेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट संघको निर्णय भएको पर्सिपल्ट अर्थात् आज शुक्रबार सर्वोच्चमा पहिलो सुनवाई हुन लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान)को पोखरामा भएको बोर्ड बैठकले लामिछाने को निलम्बन फुकुवा गर्ने निर्णय गरे लगतै बिहीबार साँझदेखि हुने बन्द प्रशिक्षणमा लामिछाने सहभागी भएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *