भक्तपुरमा माधवनारायणको व्रत समापन

भक्तपुर, २२ माघ । भक्तपुरको हनुमानघाटमा गत पौषशुक्ल पूर्णिमाका दिनदेखि शुरु भएको श्री माधवनारायणको व्रत आज माघशुक्ल पूर्णिमाका दिन समापन भएको छ ।

पौषशुक्ल पूर्णिमाका दिन साँखुको शालीनदी र भक्तपुरको हनुमानघाटमा श्री माधवनारायणको ब्रत बस्ने गरिन्छ । साँखुको शालीनदीमा सञ्चालित व्रत आज बेलुकी विशेष होम आयोजना गरी समापन गरिन्छ भने भक्तपुरको व्रत आज बिहान विशेष पूजाआजा गरी समापन गरिएको हो ।

यस क्रममा आज बिहानै पुरुष व्रतालुहरुले हनुमानघाटको पोखरीमा स्नान गरी बाटोमै गुल्टिँदै हनुमानघाट परिक्रमा गरेका थिए ।

भक्तपुरमा आज समापन भएको माधवनारायण व्रतका केही तस्बिरः

तस्बिरः सन्देश मुनिकार