टर्की भूकम्पमा मृत्यु हुनेकाे संख्या लगभग ३०० पुग्याे
काठमाडौं, २३ माघ । टर्कीमा साेमबार बिहान गएकाे भूकम्पमा परी मृत्यु हुनेकाे संख्या लगभग तीन सय पुगेकाे छ ।
समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार टर्की र सिरियामा गरी करिब तीन सय जनाको मृत्यु भएको हाे । सयौं व्यक्तिहरु घाइते भएका छन् । भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन् ।
सिरियाको स्वास्थ्य मन्त्रालयका अनुसार २३० जनाको मृत्यु भएको छ । यस्तै टर्कीका अधिकारीहरुले आफ्नो देशमा ७६ जनाको मृत्यु भएको र ४४० जना घाइते भएको बताएका छन् ।
भूकम्पको धक्का साइप्रस, लेबनान, इजरायल र प्यालेस्टाइनमा समेत महसुस गरिएको थियो ।
