साफ यु-२० महिला टोली आज स्वदेश फर्किंदै

काठमाडौं, २७ माघ । साफ अण्डर ट्वेन्टी महिला टाेली आज स्वदेश फर्किंदै छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार साफ यु-२० महिला टोली आज स्वदेश फर्किने जनाएको हो।

संघका अनुसार टोली बिहान ११ः३५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने छ।

बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो।

फाइनलमा नेपाल पराजित भएसँगै उपविजेता बनेको छ।