क्यानले नेपालको टिम घोषणामा सन्दीपलाई समेट्दै

काठमाडौं, २७ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ ।

पूर्व कप्तान सन्दीप लामिछानेलाई समेट्दै क्यानले १४ सदस्सीय टिम घोषणा गरेको हो । क्यानको निलम्बन फुकुवापछि सन्दीप पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

पोखरामा बसेको क्यान बोर्ड बैठकले मुद्दाको किनारा नलाग्दै सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

यस्तै टोलीमा सन्दीप जोरा, कुशल मल्ल र भिम सार्कीले पुनरागमन गरेका छन्। सुर्य तामाङ पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन् । नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ ।

नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भिम सार्की, सुर्य तामाङ छन् ।

क्यानले वैकल्पिक खेलाडीमा आरिफ शेख, प्रतिश जी.सी,श्याम(मौसम) ढकाल र अर्जुन साउदलाई राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *