उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी

काठमाडौं, २९ माघ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

सरकार सन्चालनार्थ गठित संयन्त्रको बैठकमा संयन्त्रका संयोजक अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन् ।

बैठकमा आसन्न राष्ट्रपति निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।