माओवादीले धाेका दिएकाे भन्दै पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले छाडिन् पार्टी

दाङ, १ फागुन । लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएकी छन् ।

वलीले २४ माघमा माओवादी जिल्ला समन्वय कमिटी अध्यक्षसमक्ष राजीनामा बुझाएर माओवादी त्यागेको घोषणा गरेकी हुन्।

माओवादीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेकाे भन्दै वलीले माओवादी केन्द्र त्यागेको उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, ‘मैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलेँ। तर पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो।’

श्रीमान्‌को भूमिका एमालेमा हुँदाहुँदै माओवादी रोज्दासमेत पार्टीले सामान्यकरण गरी भूमिकाविहीन गराइ आफ्नो अपमान गरेको उनको गुनासो छ।

एमाले सांसद उत्तरकुमार वलीको निधनपछि तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएको थियो। उनी दाङ ३ ‘ख’ बाट निर्वाचित भएकी थिइन्। नेकपा विघटनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन्।

उनले राजीनामा पत्रमा माओवादीले ठूला अपराधमा संलग्न भएकालाई संरक्षण गरे पनि आफूले सापट दिएको रकम माग्दा राजीनामा गराएको भन्दै असन्तुष्टिसमेत जनाएकी छन् ।

हेर्नुहाेस राजीनामा पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *