घरेलु मैदानमा नामिबियाविरुद्ध नेपालकाे शानदार जित

काठमाडौं, २ फागुन । विश्वकप लिग-२ अन्तर्गत आज भएको खेलमा नामिबियाविरुद्ध नेपालले शानदार जित हात पारेकाे छ ।
२८६ रनको विशाल लक्ष्य सफलतापूर्वक पछ्याउने क्रममा कुशल भुर्तेलले शानदार शतक बनाउँदै अविस्मरणीय जिततर्फ डोहोर्याए । कप्तान रोहित पौडेलले पनि उत्कृष्ट अर्धशतक बनाएर कुशललाई साथ दिएका थिए ।
घरेलु मैदानमा पाएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
नेपालले ओडीआईमा बनाएको यो २८७ रन अहिलेसम्मकै ठूलो स्कोर हो । कुशल भुर्तेल एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय दुवैमा शतक बनाउने तेस्रो नेपाली ब्याट्सम्यान बनेका छन् । नामिबियाविरुद्ध कुशलले एक सय १५ रन बनाए ।
जितसंगै नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले पहिलो खेलमा सफलता हात पारेका छन्।
त्रिकोणात्मक श्रृंखला अन्तर्गत नेपालले स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ भने फागुन ६ गते नामिबियासँग दोस्रो खेल खेल्नेछ । बुधवार नामिबिया र स्कटल्याण्डबीच खेल हुनेछ ।