राष्ट्रपति भण्डारीद्वारा आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवनकाे उट्घाटन

दाङ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवन उट्घाट्न गर्नुभएकाे छ ।

राष्ट्रपति भण्डारीले तुलसीपुरको बेलझुण्डीस्थित आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवन उद्घाटन गर्नुभएकाे हाे । उक्त अवसरमा राष्ट्रपति भण्डारीले भवनको अवलोकन पनि गर्नुभएकाे छ ।

नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट निर्मित भवन ०७० असार १७ गते २४ करोड ७२ लाख ८३ हजार लागतमा सुरु भएको भएर २०७४ असार मसान्तमा निर्माण सम्पन्न भएको थियो ।

भवन ३ तलाकाे छ भने भवनमा १ सय ८ कोठाहरु रहेका छन् । भवनकाे तल्लो तलामा आयुर्वेद अस्पताल सञ्चालनको व्यवस्था मिलाइएको छ।

उक्त भवनमा आयुर्वेद विएएम्एस्‌को पठनपाठन भइरहेको छ । जसमा विभिन्न व्याचका २ सय १५ जना विद्यार्थी अध्ययनरत हुनुहुन्छ ।