मोलुङ्ग हाइड्रोपावरको आइपिओ खुल्यो, क-कस्ले भर्न पाइन्छ ?

काठमाडाैं, ४ फागुन । मोलुङ्ग हाइड्रोपावर कम्पनीकाे आइपिओ आज बिहीबारदेखि निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपिओ सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो।

कम्पनीले जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, सेयर कम्पनीमा कार्यरत कर्मचारीहरू र स्थानीय लाइ वितरण गरेर बाँकी रहेको सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता सेयर वितरण गरेको हो।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिन्छ।

उक्त आइपिओमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *