नेकपा एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच वार्ता, के के भयाे छलफल ?

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ताकाे क्रममा दुई घण्टा लामाे छलफल भएको छ।

छलफल समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा दुई नेताहरूकाे भेटघाट पनि बाक्लिंदै गएकाे छ ।

रास्वपाले सरकार छाडेपछि गृहसहित महत्त्वपूर्ण मन्त्रालय रिक्त छ। छलफलमा राष्ट्रपति निर्वाचन र सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो।

राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा अविश्वास बढ्दै गइरहेको छ । एमाले भने पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने अडानमा छ।