कुशल भुर्तेलकाे विकेटले नेपाललाई छैठौं सफलता

काठमाडाैं, ५ फागुन । काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ अन्तर्गत जारी त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध नेपालले छैठौं सफलता हात पारेको छ।
कुशल भुर्तेलले १ विकेट लिएसंगै नेपालले छैठौं सफलता हात पारेको हाे । नेपालका लागि सन्दीप लामिछानेले तीन, कुशल मल्लले २ तथा कुशल भुर्तेलले १ विकेट लिएका हुन्।
स्कटल्याण्डले २५ ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएर खेलिरहेको छ।