दीपेन्द्र र कुशलको उत्कृष्ट ब्याटिङमा स्कटल्याण्डमाथि नेपालकाे जित

काठमाडौं, ५ फागुन । दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङले आईसीसी क्रिकेट विश्वकप लिग टु मा स्कटल्याण्डमाथि नेपालले सान्दार जित हासिल गरेकाे छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएकाे आईसीसी क्रिकेट विश्वकप लिग टुमा शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालले सान्दार जित हासिल गरेकाे हाे ।
दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्कामा अविजित ८५ रन बनाए ।
कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो ।