खेल क्षेत्रको विकासका लागि खेलाडीमा अनुशासन र इमान्दारिता हुनुपर्छः अध्यक्ष ओली
मोरङ, ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेल क्षेत्रको विकासका लागि खेलाडीहरूमा अनुशासन र इमानदारिता हुनुपर्ने बताउनुभएकाे छ ।
विराटनगरमा भएकाे नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा उहाँले अनुशासन नभएका खेलाडीलाई खेल क्षेत्रमा नबस्नुनै उचित रहेकाे बताउनुभएकाे हाे ।
उहाँले खेलाडी भएर उत्कृष्टतामा ध्यान दिनुपर्नेमा जोड दिनुभयाे। महासंघले खेलाडीलाई प्रोत्साहित गर्ने, तालिम दिने र खेलाडीले प्रगतिमा केन्द्रीत हुनुपर्ने बताउनुभयाे ।
अध्यक्ष ओलीले खेल क्षेत्रमा देखिएका समस्या समाधान गर्न र खेल क्षेत्रको विकास का लागि एमालेले सहयाेग गर्ने बताउनुभयाे ।
कार्यक्रममा खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेतले विगत १० वर्षदेखि हुन नसकेको महाधिवेशनको भव्य सुरुआत भएको बताउनुभयाे ।