पशुपतिनाथबाट बिदा भए शिवरात्रिमा आएका साधुसन्त

काठमाडौं, ८ फागुत माघ । महाशिवरात्रि पर्व २०७९ का लागि भारतसहित विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले दक्षिणा दिएर बिदाइ गरेको छ। पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार उनीहरुलाई सोमबार विदाई गरेको हो ।

साधुसन्तहरुलाई २ सयदेखि ९ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको कोषले जानकारी दिएको छ । साधुसन्तको दक्षिणाका लागि मात्रै करीब १० लाखसम्म छुट्टाइएको पनि कोषले जानकारी दिएको छ ।

यो पटकको महाशिवरात्रीमा करीब २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गरेको अनुमान गरिएको छ । महाशिवरात्रिमा करीब पाँच हजार साधुसन्त भारतलगायत विभिन्न देशबाट आएको अनुमान गरिएको छ।

शिवरात्रिको अवसरमा पशुपति आएका साधुसन्तहरुले भक्तजनबाट थुप्रै दक्षिणा प्राप्त गर्छन् । कोषले साधुसन्तहरुलाई रुद्राक्षको माला पनि दान दिइएको जानकारी दिएको छ ।