स्कटल्यान्डविरुद्ध नेपालका लागि लामिछानेले लिए तीन विकेट

काठमाडाैं, ९ फागुन । आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले तीन विकेट लिएको छ । नेपालका लागि तीनै विकेट सन्दीप लामिछानेले लिएका हुन्।

ओपनर काइल कोइटजरलाई २२ रन बनाएर एलबीडब्लु धरापमा पारे। ४३ रन बनाउँदा १ विकेट गुमाएको स्कटल्याण्डले ८९ रनमा दोस्रो र तेस्रो विकेट गुमायो।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १५ ओभरमा ३ विकेट गुमाउदा ९३ रन जोडेको छ।

यसअघि पहिलो खेलमा नेपालले स्टकल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो।​

नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेपछि शीर्ष तीनमा रहने सम्भावना पनि बढेको छ। नेपाल आजको खेल जिते लिग टू सिरिजमा घरेलु भूमिमा चारै खेल जित्ने पहिलो टोली बन्ने छ।

लिग-२ मा नेपाल २७ खेलबाट २४ अंक जोड्दै छैटौं स्थानमा छ। बाँकी ९ खेल खेल्नुअघि नेपाललाई लिग-२ को शीर्ष तीनमा पारेर विश्वकप छनोटमा पुग्न पर्ने चुनौती छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *