स्कटल्यान्डविरूद्ध नेपालले लियो पाँच विकेट

काठमाडाैं, ९ फागुन । आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले पाँच विकेट लिएको छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपालका लागि सन्दीप लामिछानेले ४ र कुशल मल्लले एक विकेट लिएका छन्।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २३ ओभरमा ५ विकेट गुमाउदा १२४ रन जोडेको छ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने छन् ।

सिरिजमा यसअघि नेपालले लगातार तीन खेलमा जित हात पारेको थियो। नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेको थियो। यस्तै नेपालले स्कटल्यान्डलाई हराएको थियो।