नेवाः समाजमा इहि संस्कार (फोटो फिचर)

काठमाडौं, १२ फागुन । उपत्यकाका नेवाः समुदायमा कन्याहरूलाई गरिने एक मौलिक संस्कार हो इहि । अहिले काठमाडौंका विभिन्न स्थानहरूमा सामुहिक रुपमा इहि संस्कारको आयोजना भइरहेको पाइन्छ ।

यही क्रममा स्थानीय लुँचुभुलु अजिमा मिसा पुचःले पनि हिजो सामुहिक इहि संस्कार सम्पन्न गरेको छ । दुई दिनसम्म भएको उक्त इहि संस्कारमा ३९ जना कन्याहरू सहभागी भएका थिए ।

नेवाः समाजमा महिलाहरूलाई रजस्वला हुनु अगावै इहि संस्कार गर्ने परम्परा छ । यसमा कन्याका बुबाले कन्यादान गर्ने विधि पनि गरिन्छ । नेवाः महिलाको सानै बेला इहि (विवाह) भइसक्ने भएकाले उनीहरू कहिल्यै विधुवा हुँदैनन् भन्ने मान्यता पनि रहँदै आएको छ ।

कन्यालाई रजस्वला हुनु अगावै कन्यादान गरे स्वर्गको द्वार खुल्छ भन्ने हिन्दू मान्यताका कारण छोरीलाई सानै बेला अन्माउने चलन थियो । तर इहि संस्कारका कारण छोरीलाई सानै बेला बिहे गराउनु पनि आवश्यक नहुने विज्ञहरू बताउँछन् । यसले गर्दा बालविवाह रोक्न सहयोग गरेको पनि उहाँहरूको तर्क रहेको छ ।

आयोजक लुँचुभुलु अजिमा मिसा पुचःका अध्यक्ष धनदेवी सिंहका अनुसार इहि नेवाः समाजको विशिष्ट संस्कार हो । यो परम्परालाई निरन्तरता दिनुपर्छ भनेरै आफूहरूले यस पटक इहि आयोजना गरेको उहाँले बताउनुभयो ।

मिसा पुचःको आयोजनामा भएको इहि संस्कारका केही आकर्षक दृश्यः

Leave a Reply

Your email address will not be published. Required fields are marked *