चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्षमा पुष्कर लामा निर्वाचित
काठमाडौं, १२ फागुन । चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्षमा पुष्कर लामा निर्वाचित भएका छन् ।
बिहीबार काठमाडौंमा भएकाे चलचित्र प्राविधिक संघ (नेफ्टा)को सम्पन्न संस्थाको बीसौं साधारणसभाबाट नयाँ कार्यसमितिमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष निर्विरोध निर्वाचित भए भने अन्य पदका लागि निर्वाचन भएका थिए ।
चुनावपछि अधिकांश नयाँ अनुहार नेफ्टाको कार्यसमितिमा भित्रिएका छन् । उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल र अर्जुनप्रसाद पोखरेल निर्वाचित भए । सचिवमा श्यामकुमार बराल, सदस्यहरुमा नमराज उप्रेती, लालसिंह थोकर, विनोद सुवेदी, गोपाल राय, विजय बस्याल, ईश्वर घिमिरे, रीतु राना, मनोज जोशी, अजय रेग्मी, नारायण गुरुङ र विष्णुप्रसाद घिमिरे निर्वाचित भएका छन् ।
अध्यक्ष लामा लगातार तेस्रो कार्यकालका लागि संस्थाको नेतृत्वमा निर्वाचित भएका हुन् । यसपटक उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भए । नेफ्टा नेपाली चलचित्र प्राविधिकहरुको छाता संस्था हो ।