मलेसियालाई १० विकेटले पछि पार्दै नेपालकाे सान्दार जित

काठमाडौं, १६ । फागुन यूएईएमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले मलेसियामाथि १० विकेटकाे सानदार जित हात पारेकाे छ ।
मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपालका लागि दुवै ओपनर अविजित रहे । ओपनर दिपक बोहोरा ३८ रनमा अविजित रहँदा अर्का ओपनर अर्जुन कुमाल २१ रनमा अविजित रहे ।
पहिला ब्याटिङ गरेको मलेसियाले ओभरमा ३५ दशमलब ३ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनायो । मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए ।
मूहम्मद हरिसानले १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि दीपेश कंडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए । दीपेशले ६० बल बलिङ गरेकोमा ५३ बल डट राखेका थिए । आकाश चन्दले ४ दशमलब ३ ओभरमा ९ रन खर्चिएर ३ विकेट लिएका थिए । आकाशले २७ बल बलिङ गरेकोमा २० बल डट राखेका थिए ।
मिलन बोहोराले ९ ओभरमा ८ रन खर्चिएर २ विकेट लिए । उनले ५४ बल बलिङ गरेकोमा ४८ बल डट राखेका थिए । सुवास भण्डारीले ९ ओभरमा ३२ रन खर्चिएर १ विकेट लिए । उनले ५४ बल बलिङ गरेकोमा ४० बल डट राखेका थिए।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
अन्तिम खेलमा तथा निर्णायक खेलमा नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ। यस खेलमा जित हात पारे नेपाल २०१६ पछि पहिलो पटक विश्वकपमा पुग्नेछ ।