ग्रीसमा दुई वटा रेल ठोक्किँदा २९ जनाको मृत्यु

एजेन्सी, १७ फागुन । ग्रिसमा मंगलबार राति दुई वटा रेल एक आपसमा ठोक्किँदा कम्तिमा २९ जनाको मृत्यु भएको छ ।

रेल ठोक्किएर भएकाे दुर्घटनामा अन्य ८५ जना यात्रु घाइते भएका छन् । मध्य ग्रीसको टेम्पे सहर नजिक यात्रुबाहक र मालबाहक दुईवटा रेल एकआपसमा ठोक्किएका हुन् ।

एथेन्सबाट उत्तरी सहर थेस्सालोनिकी जाँदै गरेको यात्रुबाहक रेल र थेस्सालोनिकीबाट लारिसाका लागि छुटेको मालबाहक रेल ठोक्किएपछि यात्रुवाहक रेलका तीनवटा डब्बामा आगो लागेको थियो।

यात्रुवाहक रेलमा ३५० यात्रु थिए। अरू यात्रुको उद्धार गरिएको छ। आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए । दुई वटा रेल आपसमा ठोक्किनुको कारण खुल्न नसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *