आइसीसी लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरे सन्दीप

काठमाडाैं, १७ फागुन । सन्दीप लामिछाने आइसीसी लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् ।

सन्दीप क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहका साथ ३ बजेको उडानबाट यूएई प्रस्थान गरेका हुन् । नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक यूएईसँग खेल्दैछ ।

उक्त म्याचमा सन्दीप सहभागी भइ नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

टीममा सहभागि स्पिनर श्याम ढकाल (मौसम) घाइते भएपछि क्यानले उनको स्थानमा सन्दीपलाई प्रतिस्थापन गरेको हो ।

सर्वोच्च अदालतले विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि क्यानले उनलाई युएई पठाउने तयारी सुरु गरेको थियो ।

सन्दीपलाई टिममा समावेश गर्न आइसीसीले अनुमति दिइसकेको छ ।