विश्वकप लिग-२ अन्तरगत नेपाल आज पिएनजीसँग भिड्ने

काठमाडाैं, १९ फागुन । विश्वकप लिग-२ अन्तरगत शुक्रबार नेपाली टिमले पपुवा न्युगिनी (पिएनजी)सँग तेस्रो खेल खेल्दै छ।

युएईमा जारी रहेको विश्वकप लिग-२ काे त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा पिएनजीलाई हराएको नेपाल दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।

नेपाल र पिएनजीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार आज बिहान ११:४५ मा सुरु हुँदैछ।

विश्वकप लिग-२ का खेलमा नेपाल अहिलेसम्म पिएनजीसँग हारेको छैन। २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो।

नेपाल लिग अंक तालिकामा ३० खेलमा १३ मा जित र १५ हारसहित २८ अंकका साथ छैटौँ स्थानमा छ। पिएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *