सहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज तीन खेल हुँदै

काठमाडाैं, २४ फागुन । सहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज बुधबार तीन खेल हुने भएकाे छ ।

लिगकाे दुई खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल च्यासल मैदानमा हुनेछ।

दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो २ः३० बजे सुरु हुनेछ। खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच भिडन्त हुनेछ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लव र संकटा क्लबबीच प्रतिष्पर्धा हुनेछ। मनाङ र संकटाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ।

च्यासल मैदानमा हुने खेलमा एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ। दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *