प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायधीस विश्वम्भर श्रेष्ठको इजलासमा

काठमाडाैं, २५ फागुन । प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ ।
गत मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारुहरूकाे माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले दश वर्षे युद्धकालमा भएको पाँच हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए ।
सोही अभिव्यक्ति अनुरूप पीडितले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन ।