पपुवा न्यूगिनीविरुद्ध आसिफ शेखले गरे शतक प्रहार
काठमाडौं, २५ फागुन । विश्वकप लिग २ अन्तरगत खेलमा नेपालका ओपनर आसिफ शेखले पपुवा न्यूनिनीविरुद्ध शतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए ।
पहिलो विकेटका लागि ११० रनको साझदोरी गरेका कुशल भुर्तेल व्यक्तिगत ४५ रनमा आउट भए ।
एक दिवसीय करियरको पहिलो शतक प्रहार गरेसँगै आसिफ नेपालका लागि ओडीआईमा शतक बनाउने पाँचौँ खेलाडी बने । उनले १०१ बलमा १० चौका र २ छक्काको मदतमा १०० रन पुरा गरेका हुन् ।
सन् २०२१मा सेप्टेम्बर ७ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका आसिफले योसहित नेपालका लागि ३२ इनिङ खेलेका छन् ।