युएईलाई दियो नेपालले २४९ रनको लक्ष्य

काठमाडाैं, २८ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले युएईलाई जितका लागि २४९ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरस्थित घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ बल बाँकी छँदै सबै विकेट गुमाएर २४८ रन बनायो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए। त्यस्तै आरिफ शेखले ४३ रन बनाउँदा गुलशन झाले ३७ रनको योगदान गरे । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाउँदा भिम सार्कीले २९ रन जोडे ।

यूएईका लागि जाहोर फ्रिद, आयान खान र रोहन मुस्तफाले दुई–दुई विकेट लिए । त्यस्तै आर्यन लाकर, जुनेद सिद्धकी र जाहोर खानले एक–एक विकेट लिए ।

लिग–२ मा ३३ खेल खेलेको नेपाल ३४ अंक सहित तालिकाको पाँचौं स्थानमा छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *