पिएनजी ९५ रनमा अलआउट, सन्दीप लामिछानेले लिए ५ विकेट

काठमाडाैं, २९ फागुन । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी अन्तिम सिरिजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पिएनजी ३२ ओभरमा ९५ रनमा अलआउट भएकाे छ ।

पिएनजी ९५ रनमा अलआउट भएपछि नेपालले ९६ रनको सामान्य लक्ष्य प्राप्त गरेको छ।

पिएनजीका लागि कप्तान असद भालाको २० रन सर्वाधिक रह्यो। त्यस्तै, सेसे बाउले १८ रन बनाउँदा चार्लिस अमीनीले १६ तथा हिरीहिरीले १४ रन बनाए।

ओपनर किप्लीङ २ रनमा आउट हुँदा रिले हेकुरे ४ रनमा आउट भए। त्यस्तै, नोर्मन भनुवा १० बल खेल्दै शुन्य रनमा पेभिलियन फर्किएका थिए।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिंदा ललित राजवंशी र कुशल मल्लले २-२ विकेट लिए। त्यस्तै सोमपाल कामीले १ विकेट लिएका छन् ।