उत्कृष्ट गोलकिपरमा किरण चेम्जोङ चुनिए

काठमाडौं, ३० फागुन । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ उत्कृष्ट गोलकिपर चुनिएका छन् ।

पन्जाब एफसीबाट आईलिग खेलेका किरण भारतको दोस्रो डिभिजनको लिग हिरो आईलिगमा उत्कृष्ट गोलकिपर चुनिएका हुन् ।

किरण आबद्द पन्जाबले आईलिगको उपाधि जितेको थियो । टिमलाई उपाधि दिलाउन महत्वपूर्ण प्रदर्शन गरेका कारण किरण उत्कृष्ट गोलकिपर बनेका हुन् ।

लिगको उपाधिसँगै पन्जाब इन्डियन सुपर लिग (आईएसएल) मा बढुवा भएको छ ।