गठबन्धनका उम्मेदवार यादवलाई उपराष्ट्रपतिमा रास्वपाले मत नदिने

काठमाडौं, ३० फागुन । उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार राससहायप्रसाद यादवलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नाे मत नदिने भएको छ ।
राष्ट्रपतिमा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले गठबन्धनबाट उपराष्ट्रपतिका उम्मेदवार यादवलाई मत नदिने भएको हो ।
राष्ट्रपति पुरुष भइसकेपछि उपराष्ट्रपति महिला हुनुपर्छ भन्ने मान्यताले गर्दा रास्वपाले उपराष्ट्रपतिमा पुरुष उम्मेदवारलाई मत नदिने भएकाे एक नेताले बताए ।
रास्वपाले उपराष्ट्रपतिका महिला उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा मध्ये कसलाई मत दिने भन्ने खुलाएको छैन ।
जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ भने गठबन्धन सम्बद्ध लोसपा र नाउपाले जनमतकी उम्मेदवार झालाई समर्थन गरेको छ ।