पीएनजी दियाे यूएईलाई २३५ रनको लक्ष्य

काठमाडौं, १ चैत । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी)ले यूएईलाई २३५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनायो । पीएनजीका कप्तान अर्सद भालाले सर्वाधिक ६५ रन बनाए । उनले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरेका छन् । उनले चौथो विकेटका लागि चाल्र्स एमिनीसँग ५३ रनको साझोदारी गरे ।

त्यसअघि किप्लिन डोरिगासँग भालाले तेस्रो विकेटका लागि ४१ रनको साझेदारी गरे । ओपनर डोरिगा २४ र एमिनी २२ रनमा आउट भए । अर्का ओपनर हिरी हिरी ४ रनमा नै हजरत विलालको बलमा विकेटकिपर भालथापाबाट क्याच आउट भए । बाउले १५ बलमा ९ रन बनाउँदै क्याच आउट भए ।

गौडी टोकाले १५ रन बनाए । आक्रमक ब्याटिङ गरेका रिले हेकुरेले २२ बलमा ३३ रन बनाएर रन आउट भए । सातौं क्रममा ब्याटिङ गर्न आएका बलिङ अलराउन्डर नोमान भनुवाले ३१ बलमा ४९ रन बनाउँदै अविजित रहे । नवौं ब्याटर चाड सोपर शुन्यमा अविजित रहे ।

यूएईका लागि हजरत विललाले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ४७ रन खर्चिए । रोहन मुस्तफा र जवार फरिदले समान १–१ विकेट लिए ।