एनपीएल : कर्णालीले काठमान्डुलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं, १६ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो ।

कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । हुसेन तलतले ४०, पवन सर्राफले अविजित ३० तथा गुल्सन झाले २० रनको योगदान गरे ।

पाँचौँ विकेटका लागि पवन सर्राफ र हुसेन तलतले ६५ रनको महत्वपूर्ण साझेदारी गरे । त्यसपछि पवन र गुल्सनले १६ बलमा २८ रन जोडे ।

कर्णालीका ओपनर जिशान आलम पहिलो खेलमै ७ रनमा आउट भए । अरिफुल, दीपक डुम्रे र मार्क वाट छोटो अन्तरमा आउट हुँदा कर्णाली ७८–४ को अवस्थामा पुगेको थियो ।

बलिङमा काठमान्डुका कप्तान करण केसीले २ विकेट लिए । शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले एक–एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *