पोखरालाई ९ रनले हराउँदै जनकपुरको दोस्रो जित

काठमाडौँ, १५ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रनमात्र बनाउन सक्यो ।

पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए । विपिन आचार्यले २०, विपिन खत्रीले १७ र किरण ठगुन्नाले १५ रन जोडे ।

जनकपुरका मोइन अलीले तीन विकेट लिए भने सैफ हसन र हरमीत सिंहले दुई-दुई तथा ललित राजवंशी र जिमी निशमले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । जनकपुरका तृत राज दासले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । अभिषेक तिवारी २४ रनमा अविजित रहँदा मोइन अलीले २१ र जिमी निशमले ११ रन बनाए ।

पोखराका शकिब अल हसनले तीन तथा चमिका करुणारत्नेले दुई विकेट लिए । मेहदी हसन र मोहम्मद सैफुद्दिनले एक-एक विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *