एनपीएलमा आज दुई खेल : काठमाडौंले कर्णाली र सुदूरपश्चिमले चितवनसँग खेल्ने

काठमाडौँ, १६ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् ।

पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ ।

काठमाडौं पहिलो जितको खोजीमा मैदान उत्रिँदा कर्णाली लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । काठमाडौं पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । कर्णालीले भने यसअघिका दुवै खेलमा जनकपुर र विराटनगर किंग्सलाई हराएको थियो ।

दोस्रो खेलमा सुदूरपश्चिमलाई जितको दबाब हुनेछ । तीन खेल खेलेको उसले एकमा जित र दुईमा हार बेहोरेको छ । चितवन भने प्रतियोगितामा अपराजित छ । पहिलो खेल जितेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *