यूएईविरुद्धको आईसीसी क्रिकेटमा नेपालको शानदार जित, अब विश्वकप छनोटमा

काठमाडौं, २ चैत । नेपालले यूएईविरुद्धको आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकिएको थियो । खेल रोकिएपछि डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो ।यो जितसँगै अब नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको हो । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *