कानुनका विद्यार्थीसँग एमाले अध्यक्ष ओली (चार तस्बिर)

काठमाडौं, २ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कानुनका विद्यार्थीसँग छलफल गर्नुभएको छ । नेपाल ल क्याम्पसका विद्यार्थीसँग उहाँले छलफल गर्नुभएको हो । उहाँले छलफलमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान नभई जुद्धशमशेरको माइलो छोरा रहेको बताउनु भएको थियो । ‘तपाईंहरुले कानुनको किताबमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान भनेर पढ्नुभएको होला,’ उहाँले भन्नुभयो, ‘जुद्धशमशेरका छोरा नेपालको पहिलो प्रधानन्यायाधीश हुन् ।’