आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत् यूएईलाई हराउँदै नेपाल विश्वकप छनौटमा

काठमाडौं, २ चैत्र । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत् अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल सोझै एक दिवसीय विश्वकप छनोटमा प्रवेश गरेको छ।

शीर्ष ३ मा स्थान बनाउँदै नेपालले ग्लोबल छनोटका लागि जिम्बावेको टिकट पक्का गरेको हो। ३ सय ११ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकियो।

यूएईले ४० ओभर पछि बलिङको रफ्तार सुस्त बनाउँदा उनलाई धक्का लाग्न पुग्यो । उक्त स्लोओभर नै नेपालका लागि बरदान सावित भयो ।

त्यसपछि नेपाल डिएल मेथडका आधारमा ९ रनले विजयी भएको हो। नेपालका लागि चार खेलाडीले अर्धशतक प्रहार गरे। भीम सार्कीले सर्वाधिक ६७, आरिफ शेखले ५२ र कुशल भूर्तेलले ५० रन बनाउँदा गुल्सन झा ५० रनमा अविजित रहे।

कप्तान रोहित पौडेलले १६, कुशल मल्लले ५ रन बनाएर आउट हुँदा आसिफ शेख शून्य रनमा पेभिलियन फर्किए।

दीपेन्द्रसिंह ऐरी १० रनमा नटआउट रहे। यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो।

युएईका लागि आसिफ खानले ४२ बलमा ११ छक्का र ४ चौकाको मद्दतमा नकआउट १ सय १ रनको महत्वपूर्ण पारी खेले। भ्रित्या अरविन्दले ९४, कप्तान मोहम्मद वासिमले ६३ रनको योगदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *