यू-१७ महिला साफ बंगलादेशमा सुरु हुँदै, नेपाल र भारत भिड्ने
काठमाडौं, ६ चैत्र । बंगलादेशमा आजबाट साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरू हुँदैछ ।
ढाकामा आयोजना हुने प्रतियोगिता नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ भने को पहिलो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले आज बलियाे टाेली भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआतको योजनामा रहेको छ ।
सोमबार हुने दोस्रो खेलमा आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ ।
